Read More
अनेरास्ववियुलाई अग्रता
इर्श्वरराज ढकाल (काठमाडौं) स्वतन्त्र विद्यार्थी युनियनको बिहीबार सम्पन्न निर्वाचनमा नेकपा (एमाले) को भ्रातृ संगठन अनेरास्ववियुले अग्रता लिएको छ।

सत्ताको नेतृत्व गरिरहेको एकीकृत माओवादीले स्ववियु निर्वाचनलाई प्रतिष्ठाको विषय बनाए पनि बिहीबार रातिसम्मको निर्वाचन परिणाममा तेस्रो स्थानमा रहेको छ।

प्रतिपक्ष दल नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ दोस्रो स्थानमा रहेको छ। विगतको स्ववियु निर्वाचनमा भन्दा बढी विद्यार्थी सहभागी भएको यो निर्वाचन देशभरका करिब १ सय ७५ क्याम्पसमा सम्पन्न भएको थियो।

उपत्यकाका १७ वटा क्याम्पसमा भएको निर्वाचनमा करिब ६५ हजार विद्यार्थी सहभागिता रहेका थिए।

चुनावमा ७० प्रतिशतले मतदान गरेको बताउँदै त्रिवि खेलकुद तथा विद्यार्थी कल्याण शाखा प्रमुख गंगाबहादुर थापाले अधिकांश क्याम्पसमा निर्वाचन शान्ति पर्ूण्ारूपमा सम्पन्न भएको दाबी गर्नुभयो। बिहान ८ बजेदेखि शुरू भएको निर्वाचन अधिकांश क्याम्पसमा ५ बजेसम्म सञ्चालन भएको थियो।

आदिवासी विद्यार्थीले समानुपातिक स्ववियु निर्वाचन माग गर्दै उपत्यका बन्द घोषणा गरे पनि विद्यार्थीहरुले निर्वाचनमा उल्लेख्य सहभागिता जनाएका थिए। सबैभन्दा धेरै विद्यार्थी रहेको त्रिवि केन्द्रीय क्याम्पसमा करिब १२ हजार विद्यार्थीमध्ये ७ हजार ५ सयले मतदान गरेका थिए।

उपत्यकालगायत देशभरका क्याम्पसमा त्रिपक्षीय भिडन्त भएको छ। बिहीबार रातिसम्मको परिणामअनुसार निर्वाचनमा अनेरास्ववियु उपत्यकाको पुल्चोक, सानेपा, नर्सिङ, ललितकला, अस्कल र शहीद आदर्श, भद्रवास क्याम्पसमा विजयी भएको छ।
त्यस्तै अखिल क्रान्तिकारी उपत्यकाको महालक्ष्मी (लुभु), पब्लिक युथ, मनोहरा र कान्तिपुर क्याम्पस थलीमा विजयी भएको छ।

नेपाल विद्यार्थी संघले जनप्रशासन, ग्रामीण आदर्श, बानेश्वर, कोटेश्वर र आयर्ुवेद गरी उपत्यकाका पाँच क्याम्पसमा विजय हासिल गरेको छ।

राति अबेरसम्म पनि देशभरका क्याम्पसमा मतगणना जारी रहँदा अनेरास्ववियु ५०, नेविसंघ ३४ र अखिल क्रान्तिकारीले ३७ क्याम्पसमा निर्वाचित भएको घोषणा भएको छ।
त्रिवि केन्द्रीय क्याम्पस र त्रिचन्द्रको मत गणना आज शुक्रबार बिहानदेखि गर्ने निर्वाचन समितिले जनाएको छ।

इलेक्ट्रोनिक मतदान
पहिलोपटक इलेक्ट्रोनिक भोटिङबाट मतदान गरिएको पुल्चोक इन्जिनियरिङ कलेजमा एमाले निकट अनेरास्ववियु विजयी भएको छ।
मतदान सकिएको करिब तीन घन्टापछि मतपरिणाम घोषणा गरिएको सो क्याम्पसमा सभापति पदमा प्रकाश सापकोटा ६ सय ३१ मत ल्याई विजयी भएका थिए। उनका प्रतिद्वन्द्वी क्रान्तिकारीका खिम ज्ञवाली थिए।
१ हजार ८ सय १६ मतदाता रहेको सो क्याम्पसमा करिब ८० प्रतिशत मत खसेको थियो। मतगणना कार्य सम्पन्न नहुन्जेलसम्म राजधानीको सुरक्षा व्यवस्था अत्यन्तै कडा पारिएको छ।
यसैबीच पोखरा संवाददाताका अनुसार पोखराको पृथ्वीनारायण, विन्ध्यवासिनी संस्कृत, वन विज्ञान अध्ययन संस्थान, चिकित्सा क्याम्पस र इन्जिनियरिङ क्याम्पसमा शान्तिपर्ूण्ा मतदान सम्पन्न भयो।
पृथ्वीनारायण क्याम्पसमा १६ हजार ५ सय ९० मतदातामध्ये ८ हजार ३ सय मत खसेको छ। विगतको तुलनामा यस वर्षसबैभन्दा बढी मत खसेको निर्वाचन कार्यालयले जनाएको छ।

रूपन्देहीका नौ क्याम्पसमध्ये चारवटामा अनेरास्ववियुले विजय हासिल गरेको छ भने एक क्याम्पसमा मन्त्री राजेन्द्र महतोले नेतृत्व गर्नुभएको नेपाल सद्भावना पार्टीे भ्रातृ संगठन नेविमञ्च विजयी भएको रूपन्देही संवाददाताले जनाएका छन्।

पाल्पा संवाददाताका अनुसार चारवटा क्याम्पस रहेको जिल्लामा दुइवटामा अनेरास्ववियुले विजय हासिल गरेको छ। त्यस्तै पर्वतमा अनेरास्ववियु विजयी भएको छ।

स्याङ्जा संवाददाताका अनुसार जिल्लाको त्रिभुवन आदर्श र गल्याङ बहुमुखी क्याम्पसमा अनेरास्ववियुले विजय हासिल गरेको छ।




कसको सभापति कहाँ ?

बिहीबार रातिसम्मको मतगणना परिणामअनुसार सभापति पदमा विजयी विद्यार्थी संगठनहरु

नेविसंघ
उपत्यका
जनप्रशासन क्याम्पस
कृष्ण भण्डारी
ग्रामीण आदर्श क्यामपस
बलदेव थापा
बानेश्वर क्याम्पस
नारायण श्रेष्ठ
कोटेश्वर क्याम्पस
महेन्द्र भट्टर्राई
आयुर्वेद क्याम्पस
सुरेन्द्र राय
वाल्मीकि विद्यापीठ
रमेश रिजाल
रामपुर क्याम्पस, चितवन
पाल्पा क्याम्पस, पाल्पा
कुमारवर्ती, नवलपरासी
सिद्धनाथ साइन्स क्याम्पस, कञ्चनपुर
गौरादह क्याम्पस, झापा
वनविज्ञान अध्ययन संस्थान, पोखरा
चैतन्य क्याम्पस, काभ्रे
नेपालगन्ज नर्सिङ क्याम्पस, नेपालगन्ज
पब्लिक साइन्स क्याम्पस, सर्ुर्खेत
चुरे बहुमुखी क्याम्पस, बर्दिया
इन्द्रेश्वर क्याम्पस, काभ्रे
गलकोट क्याम्पस, बाग्लुङ
विन्ध्यावासिनी संस्कृत क्याम्पस, पोखरा
नीलकण्ठ क्याम्पस, धादिङ
बीपी शान्ति विद्यापीठ, सोलुखुम्बु
त्रिपुरासुन्दरी क्याम्पस, अछाम
नेपाल संस्कृत, केन्द्रीय क्याम्पस, दाङ
देउखुरी क्याम्पस, दाङ
भानु संस्कृत, तनहुँ
सिर्द्धार्थ क्याम्पस, कपिलवस्तु,
पब्लिक क्याम्पस, विराटनगर
धुलिखेल क्याम्पस, काभ्रे
कानपुर कालापानी क्याम्पस, काभ्रे
नर्सिङ क्याम्पस, विराटनगर
चौतारा क्याम्पस, सिन्धुपाल्चोक


अनेरास्ववियु क्रान्तिकारी
उपत्यका
पब्लिक युथ क्याम्पस
सभापति
प्रकाशचन्द्र सापकोटा
मनहरा क्याम्पस
राजकुमार र्राई
महालक्ष्मी क्याम्पस, ललितपुर
पुष्पराज श्रेष्ठ
नेपाल राष्ट्रिय क्याम्पस
भरत तामाङ
कान्तिपुर थली क्याम्पस
रामपुर कृषि क्याम्पस, चितवन
सप्तगण्डकी क्याम्पस, चितवन
बालकुमारी क्याम्पस, चितवन
पालुङ क्याम्पस, मकवानपुर
जिरी प्राविधिक शिक्षालय, चरिकोट
र्स्वर्गद्वारी क्याम्पस, प्युठान
रमाइलो क्याम्पस, मोरङ
जलजला क्याम्पस, रोल्पा
शहीद स्मृति क्याम्पस, रामेछाप
कपिलाकोट क्याम्पस, सिन्धुली
लमजुङ कृषि क्याम्पस, लमजुङ
प्रभा क्याम्पस, काभ्रे
हरिहर क्याम्पस, अर्घर्ााँची
जनता सर्ुदर्शन क्याम्पस, पर्वत
माडी क्याम्पस, चितवन
अरुणोदय क्याम्पस, चितवन
सुनकोसी क्याम्पस, सिन्धुपाल्चोक
देवकोटा क्याम्पस, नवलपरासी
शीतल क्याम्पस, रुकुम
अरनिको क्याम्पस, सिन्धुपाल्चोक
द्रव्यशाह क्याम्पस, गोरखा
हिमालदर्शन क्याम्पस, सोलुखुम्बु
शहीद स्मारक, चितवन
अमरजनशक्ति क्याम्पस, चितवन
सुनकुरा क्याम्पस, बझाङ
उमाबडी शेरचन क्याम्पस, चितवन
नेपाल आदर्श क्याम्पस, कपिलवस्तु
रामापुर क्याम्पस, रुपन्देही
यज्ञोदय क्याम्पस, रुपन्देही
खलंगा क्याम्पस, खलंगा
चौरजहारी क्याम्पस, रुकुम


अनेरास्ववियु
उपत्यका
ललितकला क्याम्पस
लालकाजी लामा
अमृत साइन्स क्याम्पस
कमल बस्नेत
शहीद आदर्श क्याम्पस,
तारा फुयाल
पुल्चोक इन्जिनियरिङ क्याम्पस
प्रकाश सापकोटा
सानेपा नर्सिङ क्याम्पस
प्रविज्ञा घिमिरे
महाराजगन्ज नर्सिङ क्याम्पस
आशा र्राई
वीरेन्द्र क्याम्पस, चितवन
मैयादेवी कन्या क्याम्पस, चितवन
शहीद स्मृति क्याम्पस, चितवन
तेजगंगा क्याम्पस, काभ्रे
कुशादेवी क्याम्पस, काभ्रे र्
र्सवमंगल क्याम्पस, काभ्रे
सञ्जीवनी क्याम्पस, काभ्रे
डेडीथुम्का क्याम्पस, काभ्रे
न्युली क्याम्पस, स्याङ्जा
बाजुरा क्याम्पस, बाजुरा
सेती क्याम्पस, सेती
धुलाबारी क्याम्पस, झापा
गौरीगन्ज क्याम्पस, झापा
भृंगी क्याम्पस, प्युठान
जगन्नाथ क्याम्पस, बैतडी
पोखरा नर्सिङ, पोखरा
पोखरा चिकित्साशास्त्र, पोखरा
मकवानपुर क्याम्पस, हेटौंडा
हेटौंडा क्याम्पस, मकवानपुर
सर्वोदय क्याम्पस, लमजुङ
चौतारा क्याम्पस, सिन्धुपाल्चोक
महादेव क्याम्पस, मुगु
हनुमन्ते क्याम्पस, दोलखा
बीपी संस्कृत क्याम्पस, सोलु
त्रिभुवन आदर्श क्याम्पस, स्याङ्जा
माण्डवी क्याम्पस, पाल्पा
उद्बुद्ध क्याम्पस, पाल्पा
जनता क्याम्पस, सुर्खेत
भृगेश्वर क्याम्पस, गुल्मी
पाणिनी क्याम्पस, अर्घाखाँची
नवज्योति क्याम्पस, रौतहट
हजारीजनक क्याम्पस, जनकपुर
दार्चुला क्याम्पस, दार्चुला
सुकुना क्याम्पस, मोरङ
मिर्मी क्याम्पस, स्याङ्जा
सिर्द्धार्थ क्याम्पस, स्याङ्जा
भीमज्योति क्याम्पस, सिन्धुली
महाकाली क्याम्पस, कञ्चनपुर
वीरगन्ज नर्सिङ क्याम्पस, पर्सा ओखलढुंगा क्याम्पस, ओखलढुंगा
0 Comments
Posted on 20 Mar 2009 by admin
Some More Articles
3Idiots
Avatar
फिफामा नेपालको स्थान २४ स्थान माथि
माओवादीद्वारा राजधानीमा नेवा: गणराज्य घोषणा
पश्चिमका बाढी पहिरो पीडितको उद्धारमा कठिनाइ
साझा संकल्प प्रस्ताव तयार पार्न दलहरु विफल
Wake Up Sid
'महाअभियोग ल्याइए राष्ट्रपतिको कदमबारे छलफल'
Tere Sang
माओवादीद्वारा सरकारविरुद्ध आन्दोलनको घोषणा
Love aaj Kal
सरकारद्वारा विशेष सुरक्षा योजनाको घोषणा
उपराष्ट्रपतिले हिन्दीमा लिएको शपथ सर्वोच्चद्वार बदर
Luck :Movie Review
Hrithik Roshan is going the Aamir Khan way
पानी शुद्ध पार्न नसकिंदा झाडापखाला अनियन्त्रित
Pop King Jackson died !
श्रीमान श्रीमती झगडामा चक्काजाम
YOur Date with Bollywood Movies ?
Shiney ahuja raped his maiden ?
I am Happy ?
Kal Kissne Dekha
Golden Opportunity For post SLC students
रहिनन् शैलजा !
Megan Fox: Screen kissing is f***ing gross
फोरम विवादले फरक पर्दैन सरकारलाई
Barcelona beat Man United
Beyonce sexy look secret ?
UN mourns Sri Lanka 'bloodbath'
50 crore loss
प्रधानमन्त्रीद्वारा राजीनामा
Baddest mother fu****:Hrithik
सेना 'सफ्ट कू' गर्ने टुंगोमा...
I wear a lot of seductive clothes: Dia Mirza
30,000 civilians flee LTTE-held areas, 17 killed in blasts
राज्य पुनः संरचना आयोग गठन
50 करोड डलरको डिभोर्स
50 करोड डलरको डिभोर्स
Terminator : Salvation
माओवादी र एमालेलाई थप सफलता
"Gajendra" Nepali "ghajini" ?
Quest for Virginity ?
Tasveer
Amitabh a porn star ?
Amitabh a porn star ?
दरबार हत्याकाण्डबारे पारसद्वारा रहस्योद्घाटन ?
Trauma me in Trauma Country ?
Aamir dethrone SRK ?
Jade goody passes away
Jade goody passes away

 
Sara Poll
Do you like Summer / Winter ?
1. Summer
2. Winter

  View Result
Total Votes : 942
Since Saturday, March 24, 2012

Instant SMS

What's the difference between women and men? One has morning sickness, the other has morning stiffness.

Refer this »
 
Wallpapers

 

Link with Saranepal.com

Link with Sara Nepal Chat