Read More
माओवादी र एमालेलाई थप सफलता
विभिन्न जिल्लाका ६ क्षेत्रमा भएको संविधानसभा उपनिर्वाचनमा एकीकृत माओवादी तीन स्थानमा विजयी भएको छ । बाँकी तीन क्षेत्रमा कांग्रेस, एमाले र मधेसी जनअधिकार फोरमले एक/एक स्थान पाएका छन् । गतवर्षको निर्वाचनमा हारेका तीन जना यसपटक विजयी भएका छन् ।

माओवादी कञ्चनपुर ४, कास्की १ र रोल्पा २ मा विजयी भएको छ भने कांग्रेसले मोरङ ७, एमालेले धनुषा ५ र फोरमले मोरङ ५ मा जितेका हुन् । कांग्रेसले यसअघि जितेका धनुषा ५ र कञ्चनपुर ४ दुवै क्षेत्र गुमाएको छ । माओवादीबाट कञ्चनपुर ४ मा हरिश ठकुल्ला, कास्की १ बाट कृष्णबहादुर गुरुङ र रोल्पा २ मा सन्तोष बुढामगर विजयी बनेका हुन् ।

मोरङ ७ मा कांग्रेस नेता शेखर कोइराला, धनुषा ५ मा एमालेका रघुवीर महासेठ र मोरङ ५ मा फोरमका जयराम यादव विजयी भएका हुन् । उपनिर्वाचनमा रोल्पामा ४१, मोरङ ५ मा ५५ तथा ७ मा ५०, कञ्चनपुरमा ४५, धनुषामा ६० र कास्कीमा ४८ प्रतिशत मतदान भए ।

फोरमका मोरङ अध्यक्ष यादव १३ हजार ८ सय ११ मत ल्याएर विजयी बनेका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी माओवादीका शिवकुमार मण्डलले ९ हजार १ सय १ मत प्राप्त गरे । यो क्षेत्रमा गत निर्वाचनमा फोरमका केन्द्रीय अध्यक्ष उपेन्द्र यादव २७ हजार ५ सय ८ मत ल्याएर विजयी बनेका थिए ।

माओवादीको मोरङ इन्चार्ज मण्डल गत निर्वाचनमा पनि क्षेत्र नम्बर ४ बाट फोरमकै उम्मेदवारसँग पराजित भएका थिए । यसैगरी कांग्रेसका उम्मेदवार जगन्नाथ सिंहले ५ हजार ५ सय ४४ मत पाएका छन् । एमालेका जीवन घिमिरे ३ हजार ५ सय ८६, तमलोपाका उमेश गिरीको २ हजार ८ सय १ मत आएको छ । कुल ६७ हजार ३ सय ९७ मतदाता रहेको यस क्षेत्रमा ३८ हजार ९ सय १३ मत खसेको निर्वाचन आयोगले जनाएको छ ।

यसैगरी मोरङ ७ मा विजयी बनेका कांग्रेसका कोइरालाले १२ हजार ७१ मत ल्याए । निकटम प्रतिद्वन्द्वी फोरमका चुमनारायण तवदारले ११ हजार ३ सय ७९ मत पाए । माओवादीका विजयकुमार विश्वासले ७ हजार ३ सय १० र एमालेका विनोदप्रसाद ढकालले ६ हजार ३५ मत पाए । कुल ७१ हजार ९ सय ९३ मतदाता रहेको यस क्षेत्रबाट ४१ हजार १ सय २१ मत खसेको थियो ।

गत निर्वाचनमा यही क्षेत्रबाट कोइराला फोरमका विजयकुमार गच्छदारसंग पराजित भएका थिए । गच्छदारले १८ हजार ४ सय १६ मत पाएका थिए भने कोइरालाले एक वर्षअघि १३ हजार २ सय ६१ मत ल्याएका थिए ।

धनुषा ५ मा एमालेका महासेठ तराई मधेस लोकतान्त्रिक पार्टीका श्रीकृष्ण यादवलाई १ हजार ४२ मतले पछि पार्दै १३ हजार २ सय ३१ मतसहित विजयी भए । गतवर्ष धनुषा ४ बाट उम्मेदवारी दिएका महासेठ फोरमका सञ्जय साहबाट पराजित भएका थिए ।

त्यस्तै कञ्चनपुर ४ मा कांग्रेसका नेता शेरबहादुर देउवासँग एक हजार २९ मतले पराजित माओवादीका ठकुल्ला यसपटक भने विजयी बने । उनले कांग्रेसकै यज्ञराज जोशीलाई ७ सय ८८ मतले पछि पारी १० हजार ७ सय ८२ मत ल्याए ।
कास्की १ मा माओवादीका गुरुङले १२ हजार २ सय ५७ मत ल्याए भने निकटतम प्रतिद्वन्द्वी कांग्रेसका दीपकबहादुर गुरुङको १२ हजार २ सय २५ मत आयो । यसअघि देवप्रसाद गुरुङले २ हजार ७ सय मतको अन्तर पारेको क्षेत्रमा अहिले ३२ मतले माओवादी विजयी भएको छ । २०३६ सालमा जिल्ला पञ्चायत सदस्य भएका गुरुङ गत निर्वाचनका बेला माओवादीमा प्रवेश गरेका थिए ।

माओवादी अध्यक्ष पुष्पकमल दाहालले राजीनामा गरेको रोल्पामा माओवादीकै सन्तोष बुढा मगरले १९ हजार ९३३ मत ल्याएका छन् । निकटतम प्रतिद्व्रन्द्वी एमालेका हरिप्रसाद घर्तीमगरले जम्मा ६ हजार ३ सय २१ मतमा चित्त बुझाउनु पर्‍यो ।

शून्य मत

कास्कीको ब्रह्मरूपा उच्च माविको 'ख' मतदान केन्द्रमा कांग्रेसको शून्य मत आएपछि दुई घन्टा गणना अवरुद्ध भएको थियो । उक्त केन्द्रमा कांग्रेसको शून्य, एमालेको ३ र माओवादीको २ सय ६० मत थियो । शून्य हुन नसक्ने भन्दै कांग्रेसका कार्यकर्ताले छानबिनको माग राख्दै गणनास्थलमा अवरोध गरेका थिए । दुई घन्टापछि कांग्रेसको सहमतिमै पुनः गणना भएको थियो ।
0 Comments
Posted on 12 Apr 2009 by admin
Some More Articles
3Idiots
Avatar
फिफामा नेपालको स्थान २४ स्थान माथि
माओवादीद्वारा राजधानीमा नेवा: गणराज्य घोषणा
पश्चिमका बाढी पहिरो पीडितको उद्धारमा कठिनाइ
साझा संकल्प प्रस्ताव तयार पार्न दलहरु विफल
Wake Up Sid
'महाअभियोग ल्याइए राष्ट्रपतिको कदमबारे छलफल'
Tere Sang
माओवादीद्वारा सरकारविरुद्ध आन्दोलनको घोषणा
Love aaj Kal
सरकारद्वारा विशेष सुरक्षा योजनाको घोषणा
उपराष्ट्रपतिले हिन्दीमा लिएको शपथ सर्वोच्चद्वार बदर
Luck :Movie Review
Hrithik Roshan is going the Aamir Khan way
पानी शुद्ध पार्न नसकिंदा झाडापखाला अनियन्त्रित
Pop King Jackson died !
श्रीमान श्रीमती झगडामा चक्काजाम
YOur Date with Bollywood Movies ?
Shiney ahuja raped his maiden ?
I am Happy ?
Kal Kissne Dekha
Golden Opportunity For post SLC students
रहिनन् शैलजा !
Megan Fox: Screen kissing is f***ing gross
फोरम विवादले फरक पर्दैन सरकारलाई
Barcelona beat Man United
Beyonce sexy look secret ?
UN mourns Sri Lanka 'bloodbath'
50 crore loss
प्रधानमन्त्रीद्वारा राजीनामा
Baddest mother fu****:Hrithik
सेना 'सफ्ट कू' गर्ने टुंगोमा...
I wear a lot of seductive clothes: Dia Mirza
30,000 civilians flee LTTE-held areas, 17 killed in blasts
राज्य पुनः संरचना आयोग गठन
50 करोड डलरको डिभोर्स
50 करोड डलरको डिभोर्स
Terminator : Salvation
माओवादी र एमालेलाई थप सफलता
"Gajendra" Nepali "ghajini" ?
Quest for Virginity ?
Tasveer
Amitabh a porn star ?
Amitabh a porn star ?
दरबार हत्याकाण्डबारे पारसद्वारा रहस्योद्घाटन ?
Trauma me in Trauma Country ?
Aamir dethrone SRK ?
Jade goody passes away
Jade goody passes away

 
Sara Poll
Do you like Summer / Winter ?
1. Summer
2. Winter

  View Result
Total Votes : 942
Since Saturday, March 24, 2012

Instant SMS

# God could have said magic words to make the nails fall off the cross, but He didn't. That's love.

Refer this »
 
Wallpapers

 

Link with Saranepal.com

Link with Sara Nepal Chat