Sara Nepal Board

 Post Comments, suggestions & more. Click

 
Home Chat Forum Models News Free SMS Gallery E-cards Wallpapers SMS &Jokes Music
   Sara Login (Chat)
 User ID:
Password:
Sign Up
   Quick Links
  » Models
  » Events
  » E-Cards
  » Wallpapers
  » Burning Issue
  » Photo Tourism
  » Have Your Say
  » Listen Live Nepalese Radios
  » Websites Links
  » Useful Links
  » Listen Radio Barahi News Daily
  » Install New Nepal Messenger

   New Nepal Msn Top Ten Nicks

1> lOfEr
2> SeRiAl_KiSsEr
3> kakra_chorr
4> backstreetboy
5> muzic_krazy
6> amit_ktm
7> Generat0r
8> pSYcO
9> smileboy
10> Melissa

Be regular and find yourself here.
Note: Updated according to the user's top visits in a week systematically.

  SaraNepal ShoutBox

   Instant SMS & Jokes

Neil Armstrong Chand par Gaya aur Farmaya Ye Saala, Idhar hawa kyon nahin ayaa

Refer this »

Saranepal is best viewed in Mozilla Firefox. Download the latest version.

Complete News At Saranepal.Com

Nepal
संविधानसभामा भएको चुनावमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्रीमा बिजय भएका छन् ।


माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेपालको प्रधानमन्त्रीमा निर्वाचित भएका छन् । साउन ३१ गते संविधानसभामा भएको चुनावमा प्रचण्ड ४६४ मत पाई बिजय भएका हुन् । उनको बिपक्षमा ११३ मत परेको थियो । संविधानसभामा ५७७ जना सभासद उपस्थित भए पनि राष्ट्रिय जनमोर्चा, राष्ट्रिय जनशक्तिले तठस्थ रहने घोषणा गरेका थिए भने नेपाली कांग्रेसले उनको बिपक्षमा मत दिएको थियो ।यसैगरी नेपाल मजदुर किसान पार्टीका सांसद पनि मतदानमा सहभागि भएनन् । प्रचण्डलाई एमाले, मधेसी जनअधिकार फोरमलगायत संविधानसभामा रहेका २१ दल तथा स्वतन्त्र सभासदको समर्थन थियो ।

बि. संं. २०११ सालमा काश्कीको ढिकुरीपोखरीमा जन्मिएका प्रचण्डले २०२९ सालदेखि राजनीति सुरु गरेका हुन् । नेपाल कम्युनिष्ट पार्टी चोथो महाधिवेशनबाट २०३५ सालमा कम्युनिष्ट पार्टीको सदस्यता लिएका उनी २०४६ सालमा नेपाल कम्युनिष्ट पार्टी मशालका महामन्त्री बनेका थिए । २०५२ सालमा जनयुद्ध सुरु हुनुभन्दा केही अघि गठित नेपाल कम्युनिष्ट पार्टी माओवादीको उनी संस्थापक महामन्त्रीसमेत हुन् । २०५७ सालमा भएको माओवादीको दोश्रो राष्ट्रिय सम्मेलनबाट त्यस पार्टीको उनी अध्यक्ष बनेका थिए । २०६२/६३ को आन्दोलनको सफलतापछि उनी खुला राजनीतिमा आए र संविधानसभा निर्वाचनमा माओवादी सबैभन्दा ठूलो पार्टी बनेपछि उनको प्रधानमन्त्री बन्ने बाटो खुलेका हो ।



एमालेद्वारा शपथ बहिष्कार / सरकार अपूर्ण, मन्त्रिपरिषद्मा माओवादी र फोरम मात्र
नेपाल समाचारपत्र (काठमाडौं) मन्त्रिपरिषद्को मर्यादाक्रममा दोस्रो स्थान पाउन नसकेपछि नेकपा (एमाले) का मन्त्रीहरू शुक्रबारको शपथग्रहणमा सहभागी भएनन्। एमालेले तत्कालै मर्यादाक्रममा दोस्रो स्थान दिन माओवादी तयार नभए सत्तामा नजाने निर्णय समेत गरेकाले सत्तासाझेदारी प्रारम्भबाट नै संकटमा परेको छ।


प्रधानमन्त्री पुष्पकमल दाहाल ँप्रचण्ड’ पछि मर्यादाक्रममा एमालेबाट नेतृत्व गर्ने उपप्रधान तथा गृहमन्त्री वामदेव गौतम रहने बिहीबारको सहमतिविपरीत शुक्रबार माओवादीले मर्यादाक्रमको दोस्रो स्थानमा अर्थमन्त्री डा. बाबुराम भट्टर्राईलाई राख्न खोजेपछि विवाद भएको एमालेले बताएको छ। माओवादी संविधानसभा दलमा दुइ पटकसम्म भएको वार्ता सहमतिमा पुग्न नसकेपछि प्रधानमन्त्री प्रचण्ड आठ जनालाई मात्र शपथ गराउने निर्णयगर्दै सिंहदरबारबाट बाहिरिनुभएको थियो।

माओवादी र एमालेबीचको विवाद हल नभएका कारण अन्ततः माओवादीका चार र मधेसी जनअधिकार फोरमका चार गरी आठ जना मन्त्रीलाई मात्र राष्ट्रपति डा. रामवरण यादवको उपस्थितिमा प्रधानमन्त्री प्रचण्डले राष्ट्रपति भवन महाराजगन्जमा शुक्रबार साँझ शपथ गराउनुभएको थियो। मन्त्रीहरूलाई प्रधानमन्त्रीले राष्ट्रपतिको उपस्थितिमा शपथ गराउनुपर्ने संवैधानिक व्यवस्था रहेको छ।

शपथग्रहण गर्नेहरूमा माओवादीबाट अर्थमन्त्री डा. भट्टर्राई, रक्षामन्त्री रामबहादुर थापा ँबादल’, सूचना तथा सञ्चारमन्त्री कृष्णबहादुर महरा, कानुन, न्याय तथा व्यवस्थापिका-संसद् मन्त्री देव गुरुङ तथा फोरमबाट परराष्ट्र मन्त्री उपेन्द्र यादव, कृषि तथा सहकारी मन्त्री जयप्रकाश गुप्ता, भौतिक योजना तथा निर्माण मन्त्री विजयकुमार गच्छदार र शिक्षामन्त्री रेणुकुमारी यादव हुनुहुन्छ।

अर्थमन्त्री भट्टर्राई माओवादीभित्र अध्यक्ष प्रचण्डपछि मर्यादाक्रममा दोस्रो नेता हुनुहुन्छ भने बादल माओवादी युद्धका बेला सैन्य फाँटका योजनाकार मानिनुहुन्थ्यो। महरा र गुरुङ यसअघिको मन्त्रिपरिषद्मा नै सहभागी भइसक्नुभएको छ। यसअघि स्थानीय विकास मन्त्री रहेका गुरुङलाई अहिले कानुन, न्याय तथा व्यवस्थापिका-संसद मन्त्रीको जिम्मेवारी दिइएको हो।

फोरमका अध्यक्ष रहेका परराष्ट्रमन्त्री यादव पहिला माओवादी पार्टी हुनुहुन्थ्यो र पछि मधेसी जनअधिकार फोरम नामक गैरसरकारी संस्था खोली अध्यक्ष बन्नुभएको थियो र मधेस आन्दोलनको नेतृत्व गरेपछि त्यो संस्था पार्टी रूपान्तरित भएको थियो।

फोरमका नेताहरू गुप्ता र गच्छदार विगतमा कांग्रेस पार्टीट सरकारमा सहभागी भइसक्नुभएको छ भने शिक्षामन्त्री यादव पनि राष्ट्रिय प्रजातन्त्र पार्टीट राज्यमन्त्री भइसक्नुभएको थियो।
प्रधानमन्त्री प्रचण्ड ओलम्पिकको समापन समारोहमा सहभागी हुन आज शनिबार चीनको बइेजिङ प्रस्थान गर्नुहुने भएकाले एमालेसँग सहमति हुन नसकेको स्थितिमा पनि शपथग्रहण गराइएको हो।

शपथग्रहण समारोहमा फोरमका नेतामध्ये परराष्ट्रमन्त्री यादवले कुर्ता र धोती, कृषिमन्त्री गुप्ता र भौतिक योजना तथा निर्माण मन्त्री गच्छदारले र्सट पाइन्ट र शिक्षामन्त्री यादवले सारी चोलो लगाउनुभएको थियो। फोरमबाट प्रतिनिधित्व गर्ने मन्त्रीहरूले हिन्दी, भोजपुरी र मैथिली भाषामा शपथ लिनुभएको थियो। शपथग्रहण कार्यक्रममा उपराष्ट्रपति, सभामुख, प्रधान न्यायधीशलगायत संवैधानिक निकायका प्रमुखहरूको उपस्थिति थियो।

प्रधानमन्त्री प्रचण्ड आठ जना मन्त्रीलाई शपथ गराउन क्रियाशील भइरहेका बेला एमाले नेतृत्व भने माओवादीले एमालेलाई अन्तिम समयमा आएर दिने धोकाको विषयमा संसदीय दलको कार्यालयमा लेखाजोखा गरिरहेको थियो।

माओवादीले राष्ट्रपति निर्वाचनदेखि सरकार गठनसम्ममा एमालेलाई अन्तिम समयमा आएर धोका दिने गरेको निष्कर्षनिकाल्दै बैठकले माओवादी नेतृत्वले र्सार्वजनिक रूपमा क्षमायाचना गरेर एमालेलाई मर्यादाक्रममा दोस्रो स्थान दिने भएमा मात्र सरकारमा जाने निर्णयगरेको थियो।

प्रधानमन्त्री प्रचण्डले शुक्रबार साँझ नै एमाले महासचिव झलनाथ खनाललाई टेलिफोन गरी आफू चीनबाट फर्किएपछि विवाद हल गर्न तयार भएको बताउनुभएको थियो।

माओवादीले आफनो अडान सच्याएन भने एमाले सरकारमा जाँदैन’- जलस्रोत मन्त्रालयको जिम्मेवारी पाउनुभएका एमाले संसदीय दलका नेता विष्णु पौडेलले पत्रकारहरूसँग भन्नुभयो।


प्रचण्ड बेइजिङमा / आज महत्त्वपूर्ण भेटघाट


निरञ्जन राजवंशी (बेइजिङ)प्रधानमन्त्री पुष्पकमल दाहाल ँप्रचण्ड’ आफनो ११ सदस्यीय टोलीसहित शनिबार बेलुकी चीनको राजधानी बेइजिङ आइपुग्नुभएको छ।

चिनियाँ राष्ट्रपति हु जिन्ताओले प्रधानमन्त्रीलाई भेट्न समय दिएपछि उहाँको भ्रमण विशेष महत्त्वको बन्न पुगेको छ। ९० भन्दा बढी राष्ट्रप्रमुखहरूले बेइजिङ ओलम्पिकमा सहभागिता जनँए पनि राष्ट्रपति हुले जापानी प्रधानमन्त्रीपछि नेपाली प्रधानमन्त्रीलाई मात्र भेट्न समय दिनुभएको हो। राष्ट्रपति हु अगस्ट २५ मा दक्षिण कोरिया हुँदै ताजकिस्तान र तुर्कमिनिस्तान जाँदै हुनुहुन्छ।

प्रधानमन्त्री प्रचण्ड र राष्ट्रपति हुबीच आज आइतबार अपराहन १ बजेर ४० मिनेटमा राष्ट्रपतिको स्टेट गेस्ट हाउसमा भेटवार्ता तय भएको छ। त्यसअघि प्रधानमन्त्री प्रचण्ड मध्याहन १२ बजे राष्ट्रपति हुले ओलम्पिकका पाहुनाहरूलाई ग्रेट हल अफ दि पिपुल्समा दिने विशेष दिवाभोजमा सहभागी हुनुहुनेछ। आइतबार नै बिहान ९ बजे प्रधानमन्त्री प्रचण्डले आफना चिनियाँ समकक्षी बेन जियाबाओसँग उहाँकै कार्यकक्षमा भेट्ने कार्यक्रम छ।

चीनका लागि नेपाली राजदूत टंक कार्कीले नेपाल र चीनबीचको सम्बन्धको गहिराइप्रति प्रतिबद्धता जनाउँदै राष्ट्रपति हुले नेपाली प्रधानमन्त्रीलाई समय दिनुभएको बताउनुभयो। नेकपा -माओवादी) का अध्यक्षसमेत रहनुभएका प्रचण्डको यो भेटघाट निकै महत्त्वपर्ूण्ा रहने राजदूत कार्कीले जानकारी दिनुभयो।

आज अपराहन ३ बजे भने प्रधानमन्त्रीले ओलम्पिक भिलेजमा रहेका नेपाली टोलीलाई भेट्दै हुनुहुन्छ। त्यसलगत्तै उहाँ २९औं बेइजिङ ओलम्पिकको समापन समारोहमा सहभागी हुने कार्यक्रम छ। भोलि सोमबार बिहान उहाँ फर्बिडन सिटी र माओत्सेतुङको समाधिस्थल जाने बताइएको छ।

त्यस्तै मध्याहन १२ बजे उहाँले चिनियाँ कम्युनिस्ट पार्टी विदेश विभाग प्रमुख वाङ च्या लुइसँग भेट्ने कार्यक्रम छ। साथै प्रधानमन्त्री प्रचण्ड अरनिकोले बनाएको प्रसिद्ध सेतो स्तूप र बोटानिकल गार्डे समेत जानुहुनेछ। सोही दिन बेलुका नेपाली राजदूत टंक कार्कीले दिने रात्रिभोजमा उहाँ सहभागी हुनुहुने कार्यक्रम तय भएको छ।

मंगलबार बिहान ग्रेट वाल भ्रमण गरी प्रधानमन्त्री प्रचण्ड सोही दिन स्वदेश र्फकनुहुनेछ। प्रधानमन्त्रीका साथमा श्रीमती सीता दाहाल, सञ्चारमन्त्री कृष्णबहादुर महरा, परराष्ट्र सचिव ज्ञानचन्द्र आचार्य, शिष्टाचार महापाल दामोदर गजुरेल, सचिव माधवप्रसाद पौडेल, तीन सुरक्षागार्ड, एक चिकित्सक र एक पत्रकारसमेत रहेका छन्।

यसअघि बेइजिङतर्फप्रस्थान गर्नुअघि प्रधानमन्त्री प्रचण्डले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारसँग कुरा गर्दै बेइजिङमा भइरहेको ओलम्पिक खेलको उद्घाटन समारोहमा जान नसकिएको भए पनि समापन समारोहमा सरिक हुन जान लागेको बताउनुभएको थियो।

प्रधानमन्त्रीको बिदाइका लागि विमानस्थलमा सभामुख सुवास नेम्वाङ, अर्थमन्त्री डा. बाबुराम भट्टर्राई, मन्त्रीगण, राजनीतिक दलका नेता, सभासद्, नेपालस्थित कूटनीतिक नियोगका प्रमुखलगायतको उपस्थिति थियो।

बिदाइ समारोहमा भारत, अमेरिका र बेलायतका राजदूतको भने उपस्थिति थिएन।

Saranepal Top Sites Links



SydneyNepal Banner
 Link with SaraNepal.Com
OUR CLIENTS
 »  www.pbac.edu.np
 »  www.ommabhusan.com.np
 »  www.celestialhealthcare.com
 »  www.mttop.com.np
 »  www.volunteerworkinnepal.org
 » www.nayanepal.co.cc
 »  Listen Radio
 »  Life and Science
 »  Earn money
 »  Tips and ideas
Home About Us Contact Us Feedback Services Advertising FAQ's
This Page is Viewed 347001 Times Since August 26 2007. Last Viewed : 38.103.63.61
SaraNepal.com is not responsible for any content or the accuracy of the contents in any opinion article. Respective authors and bloggers are responsible for the contents that comes in the interaction.
For Comments And FeedBack:- info@saranepal.com

SaraNepal.com is Brought To You By :- TeamsNepal,The NXT-GEN's Design

© Copyright  Saranepal.com 2008, All Rights Reserved.

[ Best Viewed at 1024x768 Resolution and Above ]

 site statistics