50 करोड डलरको डिभोर्स
हलिउड सुपरस्टार मेल गिब्सन र उनकी पत्नी राबेन मुरबीचको सम्बन्धविच्छेद हलिउडकै सबैभन्दा महँगो साबित भएको छ।
राबेनले गिब्सनसँग २८ वर्षो वैवाहिक सम्बन्ध तोडेको मूल्य ५० करोड डलर माग गरेको वेबसाइट पिपुल डटकमले जनाएको छ। गिब्सन पनि सो मूल्य तिर्न तयार भएको समाचारमा उल्लेख छ।
राबेनले २८ वर्षो वैवाहिक जीवनमा गिब्सनले कमाएको कुल सम्पत्तिको आधा हिस्सा पाउने कानुनी अधिकारका आधारमा ५० करोड डलर रकम माग गरेकी हुन्, जुन हलिउड इतिहासमा हालसम्मकै सबैभन्दा महँगो सम्बन्धविच्छेद हुनेछ। यसभन्दा अघि सन् २००६ मा माइकल जोर्डनले आफनी पत्नी जुआनितासँग डिभोर्स गर्दा सबैभन्दा धेरै रकम १ दशमलव ६८ करोड डलर तिरेका थिए।
७० को दशकमा भेट भएका गिब्सन र राबेनले सन् १९८० मा विवाह गरेका थिए। उनीहरूका सात सन्तान छन्। तीन वर्षघि गिब्सन रक्सीको नशामा सवारी चलाएको केसमा पक्राउ परेपछि उनीहरूको दाम्पत्य जीवन ढलमलाएको थियो। कोस्टारिका तटमा एक अनाम महिलासँग गिब्सनको रोमान्ससहितको तस्वीर मिडियामा आएको एक महिनापछि उनीहरूको सम्बन्ध टुटेको हो। यसरी नै बढ्दै गएको विवादपछि राबेनले सम्बन्धविच्छेदका निम्ति कोर्टमा उजुरी दिएकी हुन्।
0 Comments
Posted on 17 Apr 2009 by admin