Read More
सरकारद्वारा विशेष सुरक्षा योजनाको घोषणा
नेपाल सरकारले सुरक्षा स्थितिमा सुधार गर्न विशेष योजनाको घोषणा गरेको छ।
योजनामा हत्या, अपहरण, चक्काजाम, बन्द हडताल आदि रोक्न विद्यमान ऐन कानुनको कडा पालना र सुरक्षाकर्मीको प्रभावकारी परिचालनमा जोड दिइएको छ।

गृह मन्त्री भीम रावलले बिहीबार संसदमा बोल्दै अल्पकालीन, मध्यकालीन र दीर्घकालीन गरी तीन चरणमा विशेष सुरक्षा योजना लागू गरिने बताए।

उनका अनुसार पहिलो चरणमा तीन महिनाको कार्यक्रम बनाइएको छ।

सुरक्षा निकाय

उनले भने, “यसका लागि तीनवटै सुरक्षा निकाय नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभाग र गृह मन्त्रालयले काम शुरु गरिसकेको छ।“

त्यो काम सकिनासाथ देशभरी सुरक्षाकर्मीहरु परिचालित हुने उनले बताए।

तराईमा च्याउ जस्तै उम्रेका सशस्त्र समूहहरुको आतंक, राजमार्गमा चक्काजाम, शहर बजारमा अपहरण र हत्या, उद्योग र सेवामूलक संस्थाहरुमा बन्द र हडताल जस्ता गतिविधि नियमित हुन थालेपछि कतै राज्यनै असफलता तिर लम्किने त होइन भन्ने धेरैले आशंका गर्न थालेका थिए।

त्यस्तो आशंका हटाउने चुनौतीका साथ ल्याइएको भनिएको यो योजनाबाट सरकारले धेरै उपलब्धिको आशा गरेको मन्त्री रावलको भनाइ थियो।

उनले भने, “गैहकानूनी र आपराधिक क्रियाकलाप नियन्त्रण भइ सुरक्षाको प्रत्यभूति हुनेछ, मानव अधिकारको संरक्षण र संवर्धन हुनेछ, सरकारप्रति जनताको विश्वास बढ्नेछ र दण्डहीनता अन्त्य गर्ने तर्फ एउटा प्रारंभ हुनेछ”

राजधानी सहित देशभरनै असुरक्षा र दण्डहीनता बढेको भनि चौतर्फी आलोचना भएपछि सरकारले विशेष सुरक्षा योजना अगाडि ल्याइएको हो।

झण्डै चार अरब रुपियाँ छुट्याइएको योजनामा सबैभन्दा महत्वपूर्ण मानिएको विषय राजनीतिक दलहरुको सहयोग कसरी जुटाउने भन्ने कुरा स्पष्ट गरिएको छैन।

प्रहरीको संख्या बढाउन र उनीहरुको क्षमता बढाउन जोड दिंदै सुरक्षा योजनाले भएका ऐन कानुनको पालना गर्न प्रशासनिक कडाई गर्न जोड दिएको छ।

चुनौती

तर हाम्रा काठमाण्डूस्थित संवाददाता भन्छन्, आपराधिक गतिविधिमा राजनीतिक दलहरुकै प्रोत्साहन र संरक्षण हुने गरेको भन्ने धेरैको विश्वासलाई योजनामा ध्यान दिइएको देखिएको छैन।

सुरक्षा चिन्ताले देशका कुनैपनि भाग र समाजका कुनै पनि अंगलाई नछोडेको कुराबाट आफु अवगत भएको बताउँदै आएका मन्त्री रावलले सुरक्षा योजनाको सफलता सबैको सहयोगमा भर पर्ने बताए।

तर विश्लेषकहरुका अनुसार सत्ताको दाउपेचमा व्यस्त दलहरुबीच आपसी अविश्वास र शंकाले गहिरोसंग जरा गाडेका बेला २२-दलीय गठबन्धन सरकारका लागि उनीहरुको सहयोग कसरी जुटाउने भन्ने कुरामा गृह मन्त्री स्पष्ट देखिएनन्।

मनोबल गिरेको ठानिएको प्रशासन र प्रहरीकै सहयोग जुटाउने काम पनि उनका लागि निकै चुनौतीपूर्ण हुने धेरैको भनाई छ।


0 Comments
Posted on 30 Jul 2009 by admin
Some More Articles
3Idiots
Avatar
फिफामा नेपालको स्थान २४ स्थान माथि
माओवादीद्वारा राजधानीमा नेवा: गणराज्य घोषणा
पश्चिमका बाढी पहिरो पीडितको उद्धारमा कठिनाइ
साझा संकल्प प्रस्ताव तयार पार्न दलहरु विफल
Wake Up Sid
'महाअभियोग ल्याइए राष्ट्रपतिको कदमबारे छलफल'
Tere Sang
माओवादीद्वारा सरकारविरुद्ध आन्दोलनको घोषणा
Love aaj Kal
सरकारद्वारा विशेष सुरक्षा योजनाको घोषणा
उपराष्ट्रपतिले हिन्दीमा लिएको शपथ सर्वोच्चद्वार बदर
Luck :Movie Review
Hrithik Roshan is going the Aamir Khan way
पानी शुद्ध पार्न नसकिंदा झाडापखाला अनियन्त्रित
Pop King Jackson died !
श्रीमान श्रीमती झगडामा चक्काजाम
YOur Date with Bollywood Movies ?
Shiney ahuja raped his maiden ?
I am Happy ?
Kal Kissne Dekha
Golden Opportunity For post SLC students
रहिनन् शैलजा !
Megan Fox: Screen kissing is f***ing gross
फोरम विवादले फरक पर्दैन सरकारलाई
Barcelona beat Man United
Beyonce sexy look secret ?
UN mourns Sri Lanka 'bloodbath'
50 crore loss
प्रधानमन्त्रीद्वारा राजीनामा
Baddest mother fu****:Hrithik
सेना 'सफ्ट कू' गर्ने टुंगोमा...
I wear a lot of seductive clothes: Dia Mirza
30,000 civilians flee LTTE-held areas, 17 killed in blasts
राज्य पुनः संरचना आयोग गठन
50 करोड डलरको डिभोर्स
50 करोड डलरको डिभोर्स
Terminator : Salvation
माओवादी र एमालेलाई थप सफलता
"Gajendra" Nepali "ghajini" ?
Quest for Virginity ?
Tasveer
Amitabh a porn star ?
Amitabh a porn star ?
दरबार हत्याकाण्डबारे पारसद्वारा रहस्योद्घाटन ?
Trauma me in Trauma Country ?
Aamir dethrone SRK ?
Jade goody passes away
Jade goody passes away

 
Sara Poll
Do you like Summer / Winter ?
1. Summer
2. Winter

  View Result
Total Votes : 942
Since Saturday, March 24, 2012

Instant SMS

"Who ever loved that loved not at first sight?"

Refer this »
 
Wallpapers

 

Link with Saranepal.com

Link with Sara Nepal Chat